अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बैतडी एमालेको प्रश्न: झुलाघाटमा भीमसेन थापाका पालामा बनेको झोलुंगेबाट अझै कहिलेसम्म काम चलाउने ?

बैतडी एमालेको प्रश्न: झुलाघाटमा भीमसेन थापाका पालामा बनेको झोलुंगेबाट अझै कहिलेसम्म काम चलाउने ?



बैतडी-नेकपा एमालेको समृद्धि संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली समक्ष एमाले वैतडीले विभिन्न १८ बुँदे माग पेश गरेको छ।
संघीय साँसद एवं एमाले नेता दामोदर भण्डारीले वैतडीको पाटमा आयोजित कार्यक्रममा लिखित रुपमा समसामियक प्रस्ताव पेश गर्दै भण्डारीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको पश्चिमी विन्दु झुलाघाटमा पक्की पुल निर्माण नहुँदा यहाँका जनताले सास्ती भोगेको बताउनुभएको छ।

पूर्व मन्त्री समेत रहेका भण्डारीले बाचन गरेको माग पत्रमा सुगौली सन्धीपछि भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा १८९१ मा वारीपारी आउजाउ गर्न सहजताका लागि तत्काललिन इष्ट इण्डिया कम्पनीले झुलाघाटमा झोलुंगे पुल निर्माण गरिदिएको उल्लेख छ। ‘त्यो झोलुंगे पुल भएको झुलाघाट नाका सुदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्रका पहाडी जिल्लाका बासिन्दाहरुले प्रयो गर्ने मुख्य नाका । रहदै आएको छ ’ भण्डारीले भन्नुभएको छ ‘१८८ वर्ष अघि अघि निर्माण भएको झोलुंगे पुल जीर्ण भइसकेको र वर्षेनी मरमत गर्दै आउजाउ भइरहेको सन्दर्भमा अवगत गराउन चाह्न्छौं । यो जीर्ण पुल कतिबेला भाँचिने हो थहा छैन । यहाँ तत्काल मोटरेवल पुल निर्माण होस।’

भण्डारीले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सुदुरपश्चिम प्रदेशमा सुरु गरिएका १० वटा आयोजना अलपत्र परेका र तिनलाई सम्पन्न गर्नका लागि आवश्यक बजेटको विनियोजनको पहल गरिदिन पनि माग गर्नुभएको छ ।
एमाले वैतडीका तर्फबाट भण्डारीले पेश गरेका मागपत्रमा के के मागहरु छन्।

हेरौं माग पत्र: