अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्षसहित एमालेमा समाहित

नेकपा एसका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्षसहित एमालेमा समाहित

काँग्रेसकी पूर्वउपमेयर पनि एमालेमा प्रवे


बैतडी-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, बैतडी जिल्ला अध्यक्षलगायतका नेकपा एस एमालेमा समाहित भएको छ।

नेकपा एमालेले सुरू गरेको झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीमा आयोजना आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन्।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमा निर्वाचित नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गर्नु भएको छ।

पार्टीमा भित्रिएका नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गर्नुभयो।