काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा अहिले नेपाली जनतालाई विभाजित गर्न खोजिएको बताउनु भएको छ।
झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले पहिचानको सवालमा एमालेले सबैभन्दा धेरै सम्बोधन गरेको बताउनु भयाे।
अध्यक्ष ओलीले भन्नुभयो, ‘संविधानमै समानुपातिक समावेशिताको सिद्धान्त सामेल गरेका छौं। पहिचानको राजनीति भनेको हिंसा फैलाउने, अराजकता र आतंक मच्चाउने हुन सक्दैन। यो देशलाई अनेकतामा लाने कुरा हो, एकताबद्ध हुन नदिने कुरा हो। आज देशमा लोकतान्त्रिक प्रणाली छ। यसमा गम्भीर समस्या आइरहेका छन् । लोकतान्त्रिक प्रणालीको उचित सम्बोधन हुन सकेको छैन।’
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अहिले प्रतिक्रिया र प्रतिगामी शक्तिहरु मौका आउँछ कि भनेर दुलाबाट टाउको उठाएर फेरि सलबलाउन खोजेको बताउनु भयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले हामी देखिरहेका छौं, उहिले राजतन्त्र थियो। अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ। गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको छ।


प्रतिक्रिया