बैतडी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बढेको निराशाको मौका छोपेर दुलोबाट राजा बन्ने सपना कहिल्यै पूरा नहुने बताउनु भएको छ।
एमाले केन्द्रीय किमिटिले आजदेखि शुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा बैतडीको गोठालपानीमा आयोजना गरिएको आमसभालाई संवोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले देशमा कुनैपनि हालतमा प्रतिगमन सफल हुन नसक्ने ठोकुवा गर्नुभयो।
’नेपाली जनताको रष्ट्रिय आकांक्षा र एमालेको गन्तव्यलाई साकार पार्ने उद्देश्येका साथ आजबाट शुरु गरेका छौं’ अध्यक्ष अमेलीले भन्नुभयो, ‘यहाँबाट शुरु भएको अभियानको उत्साहका साथ देशभर तपाईहरुको साथ र सहयोग, यो अभियानप्रति, नेकपा एमालेप्रतिको विश्वाशले मलाई हर्ष लागेको छ। त्यसप्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु।‘

‘गठबन्दन सरकारको हुतिहारा प्रवृतीका कारण देशमा जनतामा अन्याल र निराशा बढ्दै गएको हुनाले अहिले प्रतिक्रियावादी शक्तिहरु दुलोबाट छिरेर मौका आउन सकिन्छकी भनेर बाहिर आउने दुसप्रयास गरिरहेका छन्’, अध्यक्ष ओलीले भन्नुभयो, ‘यो दिवासप्ना कुनैपनि हालमा पुरा हुन्न ’ओलीले भन्नुभयो।
पूर्वी नेपालमा पहिचानका नाममा शुरु भएको असुन्तष्टीप्रति संकेत गर्दै अध्यक्ष ओलीले देशको एकतालाई खलल पार्ने खालका कुराले समाजमा वेमेल बाहेक केही नहुने उल्लेख गर्नुभयो। पहिचानको सवालमा एमालेले सबैभन्दा बढी पक्षपाती पार्टी हो। हरेक क्षेत्र, वर्ग, लिङ्क, जातजातीकै पहिचानका नाममा संवैधानिक र कानूनी व्यवस्था गर्ने पार्टी पनि एमाले हो’, ओलीले थप्नुभयो, ‘पहिचानको राजनीति भनेको अरुलाई घृणा गर्ने, हिंसा गर्ने, जनताको भावनामा चोट पुर्याउने, देश विभाजन गर्ने कुरा देशलाई एकताबाट विभाजन गर्ने कुरा हो।’
देशमा अहिले लोकतन्त्रको अभ्यास सहि रुपमा नभएको दावी गर्नु भएका अध्यक्ष ओलीले सरकारकै कारण देशमा अराजकता, कमिशनको खेल भैरहेको उल्लेख गर्नुभयो।
नेपाली जनताको राष्ट्रिय आकांक्षा र एमालेको गन्तव्यलाई साकार पार्ने उद्देश्यका साथ आजबाट अभियानको शुरुवात गरेको उल्लेख गर्दै उहाँल अभियानमा देखिएको नागरिकको उत्साह र साथप्रति आभार व्यक्त गर्नुभयो।
अभियानप्रति नेकपा एमालेप्रतिको विश्वाशले आफूलाई हर्ष लागेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘ बैतडी शहिद दशरथचन्दको जिल्ला हो । यस जिल्लाबाट धेरै त्यागी बलिदानी, लेखक, कलाकर्मी पाएको जिल्लाबाट शुरु भएको अभियानले विश्व समुदायलाई ठूलो सन्देश दिएको छ।’
‘दशरथचन्दको जन्मथलोका समस्या मैले बुझेको छु। शहिदको राष्टि¥य प्रतिष्ठान निर्माण गर्न हाम्रो ध्यान गएको छ। यि विषलाई अघि बढाउन एमाले सकरात्मक छ। अभियान शुरु भएको बैतडीको झुलाघाटमा पक्की पुल आवश्यक छ भनेर तुईन बिस्थापित गर्नुपर्छ भन्दै हामीले एमाले उत्तराखण्डका मुख्यमन्त्री, प्रधानमन्त्री मोदी जिसँग कुरा गरेर दुवै तर्फको मध्ये भागमा पुल निर्माणको सहमती र सहकार्यका साथ अघि बढायौं। तुइन बिस्थापित गर्न तुइन बिस्थापित अभियान सञ्चालन ग¥यौ। तर ठेकदारको कमजोरीको कारण एकठाउँमा बाँकी रहेका कारण भारतको कमजोरीका कारण एकजनाको अनाहकमा ज्यान गयो । त्यसमा देश रोयो तर गठबन्दन भनेको सरकार मुखदर्शक बन्यो’ उहाँले भन्नुभयो।
एमालेको सरकारका पालामा देशमा समृद्धीको आशा पलाएको उल्लेख गर्दै पुर्वप्रधानमन्त्री ओलीले महाकाली, सेती कोरिडोर, पुर्वपश्चिम मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग लगायत सयौ कामहरु अघि बढाएको उल्लेख गर्नुभयो। भुकम्पले भत्याकाएका ९ लाख घरहरु, तराईको आँधी हुरीले उडाएका ८६९ घरहरुको पुनः निर्माणको काम समेत एमालेले सहज रुपमा सम्पन्न गरेको दावी गर्नु भएका उहाँले वर्तमान सत्ता गठबन्दनकै कारण नागरिकमा निराश पैदा भएको उल्लेख गर्नुभयो ।
अहिलेको सरकारले कमिशन, तस्करी र निराशामात्रै बढाएको छ । हामीले महाकाली, सेती कोरिडोर, पुर्वपश्चिम मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग लगायत सयौ कामहरु अघि बढाएका थियौं तर अहिले सबै काम अघि बढ्न नसको दावी गर्नुभयो।




प्रतिक्रिया