अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा

एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा


दिपायल- नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो ।
आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ । गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ । बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चौखुट्टे,साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा,पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ । दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ । टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ । हिजो ७० किलोमिटर यात्रा गरेको थियो ।

मध्यपहाडको विकास र समद्धिका लागि एमालेले मध्यपहाडी राजमार्गका २६ वटा जिल्लामा झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका संकल्प यात्रा गरेको हो । मंसिर ६ गतेको केन्द्रिीय कमिटीले यस सम्बन्धी सम्पूर्ण कार्ययोजना पास गरेको थियो ।
यही यात्रा मार्फत एमालेले मध्यपहाडमा आफ्नो बर्चश्वलाई थप बलियो बनाउने नीति लिएको छ । जसका लागि यस क्षेत्रमा भइरहेको तिव्र बाह्य बसाँइसराइ,पूर्वाधारको समस्या,कृषी र पर्यटनको प्रर्वद्धन र पहाडलाई विकासका नमुना कसरी बनाउने भनेर बहस गरिने जनाएको छ । मंसिर १४ गतेबाट सुरु भएको यो यात्रा मंसिर २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ ।