अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रामा सगरमाथा पहाडको व्यापक तयारी,२६ गते हर्कपुरमा आमसभा

एमालेको मध्यपहाडी यात्रामा सगरमाथा पहाडको व्यापक तयारी,२६ गते हर्कपुरमा आमसभा


उदयपुर -मध्यपहाडी यात्राको क्रममा नेकपा एमालेले ओखलढुंगाको हर्कपुरमा विशाल कार्यक्रम गर्ने तयारी गरेको छ ।
हिजो उदयपुर,खोटाङ,ओखलढुंगा,र सोलुखुम्बूका उपलब्ध नेता तथा कार्यकर्ताहरुको बैठकले ओखलढुंगाको हर्कपुरमा मंसिर २६ गते विशाल जनसभा गर्ने तयारी पनि गरेको छ ।
पार्टी पोलिटव्यूरो सदस्य तथा खोटाङका पूर्व साँसद विशाल भट्टराईका अनुसार हर्कपुरमा कम्तीमा १५ हजार जनसमुदाय भेला गरेर आमसभा गर्नका लागि तयारीलाई व्यापक बनाइएको छ । आमसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन हुनेछ । ।
बागमती प्रदेशको यात्रा सकेर कोशी प्रदेशमा प्रवेश गर्ने बेलामा अध्यक्ष ओली सहितको टिमलाई बादुरा खोलामा स्थानीय झाँकी सहित साँस्कृतिक कार्यक्रम गरेर स्वागतको तयारी गरिएको भट्टराईले जानकारी दिनुभयो ।


अध्यक्ष ओलीलाई सगरमाथा पहाडको समृद्धिका लागि स्थानीय नेतृत्वसँगको छलफलमा तयार गरिएको खाका हस्तान्तरण गर्ने,समृद्धिको उक्त खाका संघीय,प्रदेश तथा स्थानीय सरकारलाई कार्यान्वयनका लागि समन्वय गर्न पनि पार्टी नेतृत्वलाई अनुरोध गरिनेछ । कार्यक्रममा मध्यपहाडको विकास,समस्या र सम्भावना बारे व्यापक बहस गरिने भट्टराईले बताउनुभयो ।
पार्टीले मध्यपहाडको विकास र समृद्धिका लागि मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा तेह्रौं दिन अर्थात मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ । पार्टी केन्द्रले पार्टी स्थायी कमिटी,केन्द्रीय र प्रदेश पदाधिकारीहरुलाई आफ्नो प्रदेशमा यात्रामा अनिवार्य रुपमा सहभागी हुने निर्देशन जारी गरेको छ । हिजोको बैठकमा पार्टी स्थयी कमिटी सदस्य शिवमाया तुम्बहाम्फे, पोलिटव्यूरो सदस्य विशाल भट्टराई,यज्ञ सुनुवार,अम्बिका थापा लगायत सहभागी हुनुहुन्थ्यो ।

सिन्धुली,उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने हर्कपुरमा खोटाङ,सिन्धुली,सोलखुम्बू लगायतका जिल्लाबाट पनि व्यापक जनसहभागिता जुटाउने तयारी भएको छ ।