अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालीलाई सुखी र समृद्ध बनाउन एमालेको आन्तरिक एकता बलियो बनाउनु पर्दछ : अध्यक्ष ओली

नेपालीलाई सुखी र समृद्ध बनाउन एमालेको आन्तरिक एकता बलियो बनाउनु पर्दछ : अध्यक्ष ओली


अछाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई समृद्ध र सुखी बनाउनका लागि नेकपा एमालेका नेता कार्यकर्ता आन्तरिक रुपमा सुदृढ र एकतावद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।
मध्यपहाडको यात्राका क्रममा आज साँफे बगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यकर्तामा मजवुद एकता र अन्यपार्टीको पनि आकर्षणको केन्द्र एमालेलाई बनाउन यो यात्रा सुरु गरिएको बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेले सकरार छोडेपछि देशको अवस्था विकराल भएको बताउनुभयो । देश ओरालो लागेको छ । देशमा अराजकता,आर्थिक मन्दी,मनपरीतन्त्र,भ्रष्टाचार मौलाएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले सरकारले गुणडर्दी र अपराधीलाई संरक्षण गरेर आम जनतालाई निराश बनाएको उहाँको भनाइ छ । यो अवस्थाको सुधारका लागि नेकपा एमालेबाहेक अरु पार्टीले नसक्ने उहाँको भनाइ छ ।
अछाममा आफू सरकारमा भएका बेला पाँच वटा आधारभुत अस्पताल निर्माण गरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो ।