अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा सुदुरपश्चिमबाट अघि बढ्दै,कोशीमा तयारी तिव्र

एमालेको मध्यपहाडी यात्रा सुदुरपश्चिमबाट अघि बढ्दै,कोशीमा तयारी तिव्र


तेह्रथुम – बसन्तपुर नेकपा एमालेले सञ्चालन गरिरहेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तरगत अभियानको १५ औं दिन तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने एमाले कोशी प्रदेश कमिटीले तयारी गरेको छ ।
शनिबार बसन्तपुरमा आयोजना गरेको तयारी बैठकले १५ हजार जनसभागीता गराउने र सभालाई व्यवस्थित गर्न ५ सय स्वयमसेवक परिचालन गर्ने लगायतका निर्णय गरेको एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी गराउनुभयो ।
बैठकले बसन्तपुरमा हुने सभालाई भव्य र व्यवस्थित गर्न कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा लक्ष्मण तिवारी सहसंयोजक रहेको १ सय १ सदस्यीय मूल व्यवस्थापन कमिटी निर्माण गरेकोछ । तेह्रथुमकै युवा नेता बाबुराम थापाको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक उपसमिति गठन भएकोछ । त्यस्तै मोहन डांगीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उप समिति गठन भएकोछ । शिव ढुंगानको संयोजकत्वमा स्वास्थ्य उप समिति गठन भएकोछ ।
बैठकले कोशी प्रदेशको विकास र समृद्धिका लागि कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय नेतृत्वको परामर्शमा दुरगामी खाका तयार पार्नका लागि नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई जिम्मेवारी दिइएको छ ।
कोशी प्रदेशको विकास र समृद्धिको खाका मंसिर २८ गते बसन्तपुरमा हुने जनसभामा पार्टीका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरिनेछ ।
तयारी यस्तो छ
कोशी प्रदेशभीत्र हुने हरेक आमसभाहरुमा न्युनतम २५ हजार जनसहभागी रहने नेकपा एमाले कोशी प्रदेशले तयारी गरेको छ ।
हरेक सभाहरुमा पार्टीका सबै जनसंगठनहरुलाई परिचालन गरिनेछन्, ठाँउ विशेषका जातीय झाँकी सहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी गराउनुभयो ।
कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मी हर्कपुर, हलेशी, दित्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्राति बजार, छातेढुंगा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने र हरेक कार्यक्रमहरुमा स्वयंसेवकहरुले प्रत्यक्ष निगरानी राख्ने र सम्पूर्ण कार्यक्रमको सुरक्षामा स्वंयसेवकहरुले परिचालन हुने उपसमितिका संयोजक तथा कोशी प्रदेश सदस्य बाबुराम थापाले जानकारी दिनुभयो ।