अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्राको चौथो दिन आज कर्णाली प्रदेश प्रवेश गर्दै यात्रा टोली,दैलेखमा आमसभा

मध्यपहाडी यात्राको चौथो दिन आज कर्णाली प्रदेश प्रवेश गर्दै यात्रा टोली,दैलेखमा आमसभा


काठमाडौं -नेकपा एमालेले सञ्चालन गरिरहेको समृद्धिका लागि संकल्प यात्राको चौथो दिन आज सुदुरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेश प्रवेश गर्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको कमाण्डमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउदै हिडेको टोली गएराती अछामको मंगलसेनमा बास बसेको छ । आज मंगलसेनाबाट अघि बढेको टोली कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित राकममा बिहानको खाना खाने योजना रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार आजको बास दैल्ेख बजारमा हुनेछ । आजको यात्रामा बिनायक,राकम,जम्बुकाँध र भगत्रामा भेटघाट हुनेछ । दिउसो दैलेख बजारमा आमसभाको तयारी गरिएको छ ।
नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको थियो । मध्यपहाडको आर्थिक सामापिजक रुपान्तरणका लागि पक्षमा यो यात्रा जारी गरिएको एमलेले जनाएको छ ।
सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय नाम दिइएको यो यात्रा पुष २ गते पूर्वी सिमा विन्दु पाँचथरको चिवाभञ्ज्याङ्मा पुगेर समापन हुनेछ ।