अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते

ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते


तनहुँ–ट्रकले ठक्कर दिँदा आज तनहुँमा एक महिलाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीय सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो । 

मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

पथ प्रदर्शकको निधन

यसैबीच लाङ्टाङ पदयात्रा सम्पन्न गरी  फर्कँदै गरेका एक पथप्रर्दशक धादिङ धुनीबेँसीका ५० वर्षीय कुमार पाण्डे रहेको मृत्यु भएको छ । 

रसुवा जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार एक विदेशी नागरिकलाई लाङ्टाङ घुमाई काठमाडौँ फर्कने क्रममा  बास बसेको लामा होटलको कोठामा उनलाई आज मृतावस्थामा भेटिएको हो ।