अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको समृद्धिका लागि संकल्प यात्राकाे टोली आजदेखि चारदिन कर्णालीमा

एमालेको समृद्धिका लागि संकल्प यात्राकाे टोली आजदेखि चारदिन कर्णालीमा

यस्ता छन् कर्णाली प्रदेशमा हुने कार्यक्रम


काठमाडौँ–समृद्धिका लागि संकल्प यात्राका लागि चार दिनअघि सुदूरपश्चिमको बैतडीबाट हिँडेको टोली आजदेखि कर्णाली प्रदेश प्रवेश गर्दैछ । अहिले केहीबेरमा अछामबाट अध्यक्ष केपी शर्मा ओलीसहितको केन्द्रीय नेतृत्व दैलेखको राकममा आइपुग्दैछ । अछामबाट आउँदा कर्णाली तरेपछि सुदूरपश्चिम प्रदेश सकिएर कर्णाली प्रदेश सुरु हुन्छ । 

टोलीले  सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी र अछाम गरी चारवटा जिल्लामा ३ सय ५ किलोमिटर यात्रा गरेको छ । अध्यक्ष ओलीले सुदूरपश्चिमको यात्रामा साथ दिने सबैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद ज्ञापन गर्नुभएको छ । कर्णाली प्रदेशका चार जिल्लामा आजबाट चार दिनसम्म अर्थात् २० मंसिरसम्म यात्रा टोली रहनेछ । 

कर्णाली प्रदेशका कार्यक्रम के के छन् ?

कर्णालीमा एमालेले जनतासँग भेटघाट, अवलोकन भ्रमण, उद्योगी, व्यापारी, बुद्धिजीवीसँग छलफल, पार्टीका सभाहरुको आयोजना गर्ने भएको छ ।