अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेम संघ झापा- ५ को अध्यक्षमा गीता कुँवर

अनेम संघ झापा- ५ को अध्यक्षमा गीता कुँवर


झापा- अखिल नेपाल महिला संघको झापा क्षेत्र नं ५ को अध्यक्षमा गीता कुँवर चयन हुनु भएको छ ।

नेकपा एमाले दमक नगर कमिटीको पार्टी कार्यालयमा भएको प्रथम क्षेत्रीय सम्मेलनले कुँवरलाई अध्यक्षमा चयन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षहरुमा सरस्वती निरौला र अनिता कटुवाल चयन हुनु भएको छ ।

यस्तै सचिवमा हिमा आचार्य, सह–सहचिव अमृता कार्की र कोषाध्यक्षमा बसन्ती राजवंसी निर्विरोध चयन हुनु भएको अनेम संघ झापा जिल्ला सचिव लिला ढुङ्गेल दाहालले जानकारी दिनुभयो ।