अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णाली माथि ‘केपी बा’

कर्णाली माथि ‘केपी बा’

तस्वीरहरू


दैलेख-समृद्धि संकल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गको यात्रामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको राकम र अछाम जोड्ने पुलबाट कर्णाली नदीको अवलोकन गर्नुभएको छ। उहाँसँगै अन्य नेता तथा कार्यकर्ताहरुले कर्णालीको मनोरम दृष्यको दृष्यावलोकन गरेका छन्।

अध्यक्ष ओलीले कर्णाली नदीमा जलयात्राको सम्भावना, विद्युत उत्पादनको अवस्था र सम्भावना आदि विषयमा चासो राख्नु भएको थियो। उहाँले कर्णाली पर्यटनको अथाह सम्भावना भएको ठाउँ भएको बताउनुभएको थियो।

कर्णाली किनारमा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले पनि फोटो शेसन गर्नुभएको छ। उहाँले स्थानीय लवजमा ‘दख्खिन बग्दो छ कर्णाली तर मान्छे चाहिं उत्तर’ भनेर फेसबुकमा लेख्नु भएको छ। कतिपय एमालेका नेता कार्यकर्ताहरुले कर्णालीमा काठको डुंगा सयर पनि गरेका छन्।