अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ मंसिर २० गते गुल्मी पुग्ने

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ मंसिर २० गते गुल्मी पुग्ने


गुल्मी-मंसिर १४ गतेदेखि जारी नेकपा एमालेकाे मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान मंसिर २० गते गुल्मी पुग्ने भएकाे छ।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएकाे साे अभियान मंसिर २० गते गुल्मी पुग्ने नेकपा एमाले गुल्मीले आइतबार  तम्घासमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे ।

मंसिर २० गते मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने विशाल सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्नुहुने कार्यक्रम तय भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइयाे।

यात्राकाे चाैथाे दिन अध्यक्ष ओलीकाे नेतृत्वमा एमालेकाे टाेली आज कर्णाली प्रदेशकाे दैलेख पुगेकाे छ।

पार्टी अध्यक्ष ओलीले मंसिर १४ गते बिहान साढे ८ बजे राष्ट्रिय झण्डा झण्डाेत्तलन गरेर बैतडीकाे झुलाघाटबाट अभियानकाे सुरुआत गर्नुभएकाे हाे। साे अभियानकाे पहिलाे दिन एमालेले १३० किलोमिटर दूरी पार गरेको थियाे। झुलाघाटस्थित महाकाली नदी किनारबाट बिहान सुरु भएको पहिलो दिनको यात्रा साँझ डडेलधुराको अमरगढी पुगेर टुंगिएकाे थियाे।

अभियानकाे दाेस्राे दिन मंसिर १५ गते पार्टी अध्यक्ष ओली नेतृत्वकाे एमालेकाे टाेलीले डढेल्धुराकाे अमरगढीदेखि डाेटीकाे सिलगढीसम्मको ७० किलोमिटर दूरी पार गरेकाे थियाे। अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो।

अभियानकाे तेस्राे दिन डोटीको सिलगढीबाट सुरु भएकाे यात्रामा टाेलीले अछामको चौखुट्टे, मार्कु, साँफेबगर र बयलपाटा हुँदै मंगलसेन पुगरेर ७० किलोमिटर दूरी पार गरेकाे थियाे।