अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखका राजनीतिक दलले बुझाए अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र 

दैलेखका राजनीतिक दलले बुझाए अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र 


काठमाडौँ–दैलेखको जिल्ला समन्वय समिति र सात राजनीतिक दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

दैलेखमा रहेका विभिन्न  राजनीतिक दल र जिल्ला समन्वय समितिले आज बिहान अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  

जिल्ला समन्वय समिति, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र नेकपाले विभिन्न ८ बुँदे माग राख्दै  ध्यानाकर्षण पत्र बुझाएका छन् ।