काठमाडौँ–नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले हिजो र आज नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ८०० रुपैयाँले वृद्धि भएर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आइतबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको छ ।







प्रतिक्रिया