अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखीलाई अध्यक्ष ओलीको आश्वासन : दैलेखको विकासका लागि प्रतिवद्ध छु

दैलेखीलाई अध्यक्ष ओलीको आश्वासन : दैलेखको विकासका लागि प्रतिवद्ध छु


दैलेख – नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको समग्र विकास र समृद्धीको लागि पार्टीले नेतृत्व लिने बताउनु भएको छ ।
दैलेखको सदरमुकाम खलंगामा आयोजना गरिएको सार्वजनिक भेटघाट कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले धार्मिक, ऐतिहासिक, पुरातात्वीक र सांस्कृतीक महत्व बोकेको दैलेख विकासको नेतृत्व लिन आफू र आप्mनो पार्टीले नेतृत्व लिने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
‘दैलेखमा भएको पेट्रोलियम अन्वेषणका नेतृत्व लिएको एमालेले अपुरो भएको मध्यपहाडि लोकमार्गलाई पुरा गर्ने, दुल्लुलाई स्माट सिटी बनाउने, ३८६ किलोमिटर छोटो बाटोमा तिब्बत जोड्ने कुरादेखि कृषिको आधुनिकिकरण कसरी गर्ने ? भन्ने कामको नेतृत्व एमालेले गर्छ,’ पुर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले भन्नुभयो, ‘दैलेख जिल्लाको समग्र विकासका संभावनाका बारेमा हामीले जिल्लाका राजनीतिक दलहरुसँग छलफल गरेका छौं ।’


यहाँको विकास र समृद्धीको सपना साकार पार्न हामीले कार्यान्वयनको नेतृत्व लिन्छौं ।
वालवालिका, शिक्षा, स्वास्थ्यका सन्दर्भमा एमालेले थुप्रै काम गरेको छ ।
आगामी दिनमा युवाहरु विदेश जाने यहाँको जनजीवन पछि पर्ने पहाडी क्षेत्रको अवस्थामा कसरी सुधार गर्न सकिन्छ भनेर एमालेले संकल्प यात्रा शुरु गरेको जानकारी ओलीले दिनुभयो ।
आजको दुनियाँमा अघि बढिसक्यो तर नेपाल निकै गरिब भयो । यसलाई परिवर्तन गर्न, यहाँहरुको समाधान सुन्नका लागि, समृद्ध नेपाल सुखि नेपालीको दिर्घकालिन लक्ष्यलाई साकार पार्न यस अभियानमा स्थानीयको बीचार र राय लिइरहेका छौं । विभिन्न मागपत्रहरु लिइरहेका छौं ओलीले थप्नुभयो ।
परापुर्व कालमा सिंजा सभ्यताको ग्रीष्मकालिन राजधानी थियो भन्ने कुरा शिलालेखहरु र स्वास्थानी वर्तकथामा पनि उल्लेख भएको जानकारी दिनुभएका ओलीले पुरानो राज्य बनाउने र बचाउने काममा दैलेखका जनताको गौरवपूर्ण इतिहाँस भएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई लगायतका नेताहरु सहभागि हुनुहुन्छ