अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा नेकपा एसका चर्चित नेताहरू एमाले प्रवेश

दैलेखमा नेकपा एसका चर्चित नेताहरू एमाले प्रवेश

प्रवेश गर्नेलाई अध्यक्ष ओलीद्वारा स्वागत


दैलेख-नेकपा एकिकृत समाजवादी (नेकपा एस) दैलेखका ५ जना नेताले एमालेमा प्रवेश गर्नुभएको छ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्ला पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएको कार्यक्रममा नेकपा एसका दैलेख जिल्ला कमिटी सदस्य राजबहादुर ठेसा मगर, गंगाराम थापा, अर्जुन चन्द, नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी, नौमुले ४ को वडा कमिटिका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली कांग्रेसका रनबहादुर नेपाली एमाले प्रवेश गर्नुभएको छ।

समृद्ध नेपालः सुखि नेपालीको लक्ष्य पूरा गर्ने र देशको राष्ट्रियताको पक्षमा लाग्ने नेपालका राजनीतिक दलहरु मध्ये एमाले बाहेक नभएकाले आफू एमाले प्रवेश गरेको राजबहादुर ठेसा मगरले जानकारी दिनुभयो।

‘विकास र समृद्धीको नेतृत्व गर्ने पार्टी एमाले र समकालिन नेता केपी शर्मा ओली बाहेक अरु कुनै रहेनछन,’ नेकपा एसका जिल्ला कमिटीबाट एमाले प्रवेश गरेका गंगाराम थापाले भन्नुभयो, ‘एमाले र केपी ओलीलाई कमजोर बनाउन हामीलाई अनेक भ्रम फैलाएपनि अब कसैले सक्दैनन्।’

पार्टी प्रवेश गर्नेलाई एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माला लगाएर स्वागत गर्नु भएको छ।