अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ सुर्खेतमा

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ सुर्खेतमा


सुर्खेत-नेकपा एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ सुर्खेतको वीरेन्द्रनगर प्रवेश गरेको छ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको अभियान सुदूरपश्चिमको अछाम जिल्ला र कर्णालीको दैलेख जिल्ला हुँदै सुर्खेतको वीरेन्द्रनगरमा आइपुगेको हो।

झरीको प्रवाह नगरी समृद्धिका लागि सङ्कल्पको यात्रा अभियान कार्यक्रमा सुर्खेतका जनताहरु सहभागी भएका छन्।

वीरेन्द्रनगरमा आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रशिद्ध पर्यटकीय स्थल काँक्रेबिहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । काँक्रेबिहारमा थारु संस्कृतिको प्रदर्शन गर्ने पनि तयारी छ।

ढकालका अनुसार सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी, व्यापारी, बुद्धिजीवीहरुसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ।

साँझ ६.३० देखि ७.३० सम्मको एक घण्टा भेटघाटको समय तय गरिएको छ। त्यसपछि वीरेन्द्रनगरका प्रमुख, उपप्रमुखसहित कार्यपालिकाका सदस्यहरुसँग भेटघाट तथा छलफलको कार्यक्रम राखिएको छ।

नेकपा एमालेको जारी समृद्धिका लागि संकल्प यात्राको आज पाँचौ दिन हो ।

तस्वीरमा हेर्नुहोस्