अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीका विचार सबैले जनतासम्म पुर्‍याउनुहोस्: अध्यक्ष ओली

पार्टीका विचार सबैले जनतासम्म पुर्‍याउनुहोस्: अध्यक्ष ओली


सुर्खेत्- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका बिचार जनताका बीचमा पुर्याउन सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित आमसभामा बोल्दै अध्यक्ष ओलीले सबैले पार्टीको नीति र बिधी जनतामा बुझाउनु पर्ने बताउनुभएको छ । सबैले आफूले जिम्मा पाएको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले कहिलेकाँही सूर्यमा ग्रहण लागे जस्तै एमालेमा कहिलेकाँही ग्रह्ण लागेको बताउनुभयो । उहाँले भन्नुभयो ग्रहण सधैं लाग्दैन । केहीबेरमा हट्छ । त्यसैले सबैले उच्च मनोबलले काम गरौं ।
माधव नेपाल र झलनाथहरुलाई लक्षित गर्दै अध्यक्ष ओलीले पार्टी भित्रका गोमनहरुले पार्टीमा आगो लगाए । तर त्यही आगोको धुंवाले उनीहरुले निस्किए ।