अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा मनपरी तन्त्र चलिरहेको छ: अध्यक्ष ओली

देशमा मनपरी तन्त्र चलिरहेको छ: अध्यक्ष ओली


सुर्खेत-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा मनपरितन्त्र चलिरहेको आरोप लगाउनु भएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको सन्देश सभा कार्यक्रममा अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्धन सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्रा कमजोर भएको र सीमा रक्षामा पनि चुकेको बताउनु भयो।।

देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतित ब्याजद दरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काडेर देश चलाउनु पर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गर्नुभएका पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ। देशलाई भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ। देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ। यो अवस्था गठबन्धन सरकारले ल्याएको हो।’

यो हामीलाई मात्रै नभएर सबै राजनीतिक दल, जनतालाई पनि चिन्ता हुनुपर्ने हो तर सरकारमा सहभागी दल कानमा तेल हालेर बसेको छ। सत्ता गठबन्धन दलहरुले देशमा विभाजन र बिखण्डनको बिउ रोपेको अध्यक्ष ओेलीको आरोप छ।

‘अहिले कृषिका उर्भर भूमिहरु उजाड हुँदै गएका छन्। दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरु छन्। भू-परिवेष्टित देशहरु छ। उजाड भूगोल भएका देशहरु छन् तर विकास र समृद्धिका हिसाबले निकै राम्रो फड्को मार्दै गएका छन्’, अध्यक्ष ओेलीले भन्नुभयो, ‘पहाडको स्थिति के कस्तो रहेछ ? हामीले निर्माण शुरु गरेका राजमार्ग, बनाएका बाटाहरु, हामी बनाएका पुलपुलेसा, कृषिको आधुनिकिकरण, हामीले अघि बढाएका विकास काम कस्ता रहेछन् ? भन्ने स्थलगत अनुगमन र नयाँ कामका संभावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि यो अभियान शुरु गरेको छौं।’

सुर्खेतमा आयोजित सन्देशसभालाई संवोधन गर्दै ओलीले देशको स्वाभिमान, देशको अस्थितत्व रक्षा र समृद्धिका लागि, भ्रष्टाचार र घुषखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो।

सुर्खेतको पार्टी कार्यालय अघि आयोजना गरेको सन्देश सभामा अध्यक्ष ओलीकी धर्मपत्नि राधिका शाक्य, पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई लगायत स्थायी कमिटि सदस्य, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका नेता कार्यकर्ता सहभागी थियो ।

कार्यक्रमलगत्तै ओलीको टोली पुरातात्विक महत्व बोकेको काँक्रेबिहारको अवलोकनमा जानु भएको छ।