अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही हुन्: अध्यक्ष ओली

राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही हुन्: अध्यक्ष ओली


सुर्खेत-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय व्यवस्थाको विरुद्धमा गएर राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही भएको बताउनुभएको छ। 

‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको सोमबार सुर्खेतमा गरिएको जनसभामा उहाँले सो कुरा बताउनुभएको हो। प्रतिक्रियावादीहरू गणतन्त्र उल्टाउने प्रयास गरे पनि त्यो सपना कहिल्यै पूरा नहुने उहाँले चर्चा गर्नुभयो । 

‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’ अध्यक्ष ओलीले भन्नुभयो, ‘लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट हुन्छ।’

अध्यक्ष ओलीले महाकाली–मेची अभियानका पाँच दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिन्छ, अनि मात्रै देश बनाउन, विकास गर्न, सुशासन ल्याउन सकिन्छ।’