अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन आज सबै भन्दा लामो दुरी पार गर्दै एमाले नेताहरु

समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन आज सबै भन्दा लामो दुरी पार गर्दै एमाले नेताहरु


काठमाडौं- समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन आज नेकपा एमालेको यात्रा टोलीले सबैभन्दा लामो दुरी पार गर्दैछ । आज सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दुरी पार गर्नुपर्नेछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो दैलेखबाट सुर्खेत आउने क्रममा ठाउँठाउँमा पानी परेपनि कार्यक्रमहरु भब्य भएका छन् । जनसहभागिता उल्लेख्य मात्रा जुटेको छ । आजको यात्रा अहिले बिहान ८ बजे सुरु हुने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुर्खेतकै सिम्तामा बिहानको खाना खाने कार्यक्रम छ । यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले आज भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार ,छेडे बजार,सेरी गाउँ,मुसिकोट लगायतका ठाउँमा स्थानी नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भेटघाट गर्नुहुनेछ । भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल गरिने तयारी छ ।