अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसानको बारीमा अध्यक्ष ओली

किसानको बारीमा अध्यक्ष ओली


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दैलेखका किसानको बारीमा पुग्नुभएको छ । मध्यपहाडी लोकमार्ग यात्राको क्रममा दैलेखमा रहनुभएको अध्यक्ष ओलीले किसानको अवस्थाबारे बुझ्नु भएको हो । 

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’मध्यपहाडी राजमार्गले जुटेको अवसर ! दैलेखको गुराँस गाउँपालिका गुराँसे डाँडामा ४/५ सय घरधुरी किसानहरूले व्यवसायिक कृषि सञ्चालन गरेका छन् । रोचक कुरा यहाँको उत्पादन यहाँ मात्रै खपत नभएर भारतको रूपैडिया समेत हुने रहेछ । यी अगुवा किसान टीकाराम रिजाल(पंगाली)सँग भेट्ने अवसर मिल्यो । सडकबाट उहाँहरूले राम्रो लाभ लिनु भएको छ ।’ 

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासहित सुरु भएको एमाले मध्यपहाडी लोकमार्ग यात्राका क्रममा अध्यक्ष ओलीले स्थानीय जनता, किसान, शिक्षक, विद्यार्थी लगायतसँग छलफल तथा अन्तर्क्रिया गर्दै आउनुभएको छ ।