अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुमपश्चिम आउँदैं एमाले अध्यक्ष ओली

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुमपश्चिम आउँदैं एमाले अध्यक्ष ओली


जाजरकोट – गएको कार्तिक १७ गते राती गएको भुकम्प प्रभावितहरुलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जाजरकोट आउँदै हुनुहुन्छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पिडितहरुलाई भेट्न एमाले अध्यक्ष ओली आज यसतर्फ आउन लाग्नु भएको हो ।
यहि मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज जाजरकोट र रुकुमपश्चिमका भुकम्प प्रभावितहरुसँग भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार जाजरकोट पुगेर अध्यक्ष ओलीले भूकम्प पीडितहरुसँग अन्तरक्रिया गर्ने, भुकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी लिने र पुनः निर्माणका बारेमा सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्नु हुने कार्यक्रम अपरान्ह भेरी नगरपालिका १ रिम्नामा तय गरिएको छ ।
एमालेले कात्तिक १ गते देखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ ।
राती गएको उक्त भुकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाले ज्यान गुमाएका थिए भने ९४ जना सिकिस्त घाइते भएका थिए । ९ हजार ७ सय ९४ घर पुर्णक्षती गरेको भुकम्पमले २४ हजार ७ सय ७ घर आंशिक क्षती हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार बिस्थापित भएका छन् ।
सल्यानको सल्ली बजार भएर जाजरकोट प्रवेश गर्ने एमाले अध्यक्ष नेतृत्वको टोलीको स्वागतका लागि सल्यान, जाजरकोट र रुकुमपश्चिम जाने भेरी कोरिडोरका विभिन्न स्थानमा स्वागत गेट, पार्टीका झण्डा, तुल र व्यानरले रंग्याइएको छ ।