जाजरकोट-संवृद्धिका लागि संकल्प यात्राको क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीलाई जाजरकोट र रुकुमको सीमा क्षेत्रमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्वागत गर्नुभएको छ।
आज सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा उपमहासचिव शर्माले स्वागत गर्नुभएको हो। अध्यक्ष ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै उपमहासचिव शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी समेत गराउनु भयो।
उपमहासचिव शर्माले एमालेको शीर्ष नेतृत्व नै संकल्प यात्राका क्रममा सो क्षेत्रमा आएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिनुभएको छ। रिम्ना जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्छ।
नेता शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेर स्वागत गर्नुभयो । उहाँ भूकम्पपछि गृहजिल्लामै हुनुहुन्छ। अध्यक्ष ओलीले दुवै जिल्लाका भूकम्प प्रभावितहरुको अवस्था बुझ्दै हुनुहुन्छ।





प्रतिक्रिया