अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका स्वयंसेवकले भूकम्पपीडितका ८ घर निर्माण गर्दा सरकार के हेरेर बसेको छ ?: अध्यक्ष ओली

एमालेका स्वयंसेवकले भूकम्पपीडितका ८ घर निर्माण गर्दा सरकार के हेरेर बसेको छ ?: अध्यक्ष ओली


जाजरकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८० कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पपछिको राहत र पुनर्निर्माण कार्य अघि नबढाएर सरकार रमिते बनेको आरोप लगाउनु भएको छ।

यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’क्रममा आज जाजरकोट आइपुग्नु भएका एमाले अध्यक्ष ओलीले पार्टीका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै यस्तो आरोप लगाउनु भएको हाे।

अध्यक्ष ओलीले कात्तिक १७ को भूकम्पपछि प्रभावितहरूका लागि एमालेका स्वयम्सेवकहरूले ८१५ घर टहर निर्माण गरिसकेको पनि बताउनु भयो।

‘एमालेले भूकम्प प्रभावितका लागि ८१५ घर टहरा निर्माण गर्दा सरकार के हेरेर बसेको छ?’, उहाँले भन्नुभयो, ‘सरकार हेलिकप्टर उडाउन मात्रै ब्यस्त भयो। सरकारले राहत खातामा राखेर बसेको छ, पीडितको पीडा देखेन।’ 

समृद्धिका लागि संकल्प यात्रा क्रममा मध्यपहाडी राजमार्ग क्षेत्रको अभियान दुवै जिल्लाको सिमाना रिम्नामा पुगेपछि एमालेले भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोटमा खटाएका ११ सयजना स्वयंसेवकहरु त्यहाँ केन्द्रित भएका थिए।

सो क्रममा स्वयंसेवक टोलीको नेतृत्व गरेका केन्द्रीय सदस्य किरण पौडेलले अध्यक्ष ओलीलाई अहिलेसम्म गरिएका कामहरुको सचित्र ब्रिफिङ गर्नुभयो ।

एमालेका स्वयंसेवक विगत तीन सातादेखि विकेन्द्रित भएर अस्थायी आवास तथा विद्यालय निर्माण तथा भत्किएका संरचना व्यवस्थापनको काममा खटिएका छन् ।

स्वयंसेवकहरुलाई आवश्यक निर्देशन दिएर आ-आफ्नो क्षेत्रमा पठाइदैछ। सोही ठाउँमा कांग्रेस केन्द्रीय सदस्य तथा जाजरकोटका सांसद राजिवविक्रम शाहीलाई अध्यक्ष ओलीलाई भेटेर स्वागत गरेका छन् ।