अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडमा यात्रारत एमाले सुदुर र कर्णाली प्रदेश सकेर लुम्बिनीमा प्रवेश

मध्यपहाडमा यात्रारत एमाले सुदुर र कर्णाली प्रदेश सकेर लुम्बिनीमा प्रवेश


काठमाडौं- समृद्धिका लागि संकल्प यात्रामा गरिरहेको नेकपा एमालेको टोली सातौं दिनमा दुईवटा प्रदेशको यात्रा सकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हिडेको टोलीले सुदुरपश्चिम र कर्णाली प्रदेशको यात्रा सकेर हिजो साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौत्मका अनुसार हिजो यात्राका क्रममको सबैभन्दा लामो दुरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको हो । हिजोको यात्रामा सुर्खेत,सल्यान,जाजरकोट,पश्चिम रुकुमका जनतासँग साक्षात्कार र अन्तरिक्रया गरिएको छ । राती करिब ९ बजेतिर टोली पूर्वी रुकुम पुगेको हो ।
मध्यपहाडी राजार्गमा पर्ने २६ वटा जिल्ला लुम्बिनी प्रदेशमा पर्ने एक मात्र जिल्ला पूर्वी रुकुम हो । यो जिल्लामा करिब ४० किलोमिटर दुरी मध्यपहाडी राजमार्गमा पर्दछ । गौतमका अनुसार अहिले बिहान ९ बजे स्थानीय नेता कार्यकर्ताहरुसँग अध्यक्ष ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशको बागलुङ स्थित बुर्तिबाङमा बिहानको खाना खाने तयारी छ । आज लुकुम र खर्बाङमा स्थानीयबासिन्दासँग अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको गौतमले जानकारी दिनुभयो ।
नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट पूर्वसिमा विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ ।