अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको टोलीलाई स्वागत गर्न गण्डकीका नेताहरु  पातिहाल्नेमा

अध्यक्ष ओलीको टोलीलाई स्वागत गर्न गण्डकीका नेताहरु  पातिहाल्नेमा


काठमाडौँ–नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्राको टोली आज बागलुङ पुग्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीलाई स्वागत गर्न गण्डकी प्रदेशसहित बागलुङका नेता कार्यकर्ताहरु पातिहाल्ने पुग्नुभएको छ । अध्यक्ष ओलीसहित १५० नेताहरुको समूहलाई आज गण्डकी प्रदेशमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

स्वागतका लागि पूर्वी रुकुम र बागलुङको सिमाना पातीहाल्नेमा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, एमाले गण्डकी इन्चार्ज सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मासहितका नेताहरु पातीहाल्ने पुग्नुभएको हो ।   

उपमहासचिवले गुरुङले संकल्प यात्रालाई सफल बनाउन गण्डकी प्रदेशमा तयारी पुरा भएको बताउनुभयो ।

यात्राको क्रममा राष्ट्रिय रुपमा देखा परेको अस्थिरता, अन्योलता र प्रतिगमनकारी शक्तिले टाउको उठाउन गरेको प्रयत्नलाई जनताले  गरेको खबरदारी प्रति आभार व्यक्त गर्दै उपमहासचिव गुरुङले एमालेप्रति जनताले देखाएको अभूतपूर्व माया, साथ सहयोगले थप उत्साहित भएको बताउनु भयो ।

एमालेले सञ्चालन गरेको ‘सम्बन्ध स्थानीय –सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीसहितको टोली बुधबार पातिहाल्ने आउने र बिहीबारसम्म जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।