अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीसहितको टोली गण्डकी प्रदेश (फोटोफिचर)

एमाले अध्यक्ष ओलीसहितको टोली गण्डकी प्रदेश (फोटोफिचर)

बाजागाजा सहित भव्य स्वागत


बागलुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित संकल्प यात्राको टोली गण्डकी प्रदेश प्रवेश गरेको छ।

समृद्धिको लागि संकल्प यात्रा-२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रीय टोलीलाई नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी सहित नेकपा एमाले गण्डकी प्रदेश र बागलुङ जिल्लाका नेता कार्यकर्ताले बाजागाजा सहित भव्य स्वागत गरेका छन्।

‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ।