अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मध्यपहाडको समृद्धिमा केन्द्रित भएको देखियोः प्रकाण्ड

एमाले मध्यपहाडको समृद्धिमा केन्द्रित भएको देखियोः प्रकाण्ड


जाजरकोट-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग विश्वकर्मा (प्रकाण्ड)ले नेकपा (एमाले)ले आफूलाई अब मध्यपहाडको विकास र समृद्धीमा केन्द्रीत भएको बताउनु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’को पछिपछि मध्यपहाडि लोकमार्गकै बाटो भएर दैलेखदेखि जाजरकोट पुग्नु भएका प्रकाण्डले यस्तो बताउनु भएको हो।

‘एमालेले जो अभियान चलाएको छ। यसले सामाजिक, राजनीतिक हिसाबले राष्ट्रिय पुहुँचमा पुग्न नसकेको मध्यपहाड क्षेत्रमा केन्द्रीत भएको सन्देश दिन झलाघाट देखि चिवाभञ्ज्याङको यात्रा गरिहरहेको छ’, जाजरकोटको थलहमा भएका प्रवक्ता प्रकाण्डले भन्नुभयो, ‘एमाले अभियानले आफ्ना राजनीतिक र सांगठनिक कामहरुलाई मध्यपहाडमा केन्द्रीत ग¥यो भन्ने देखाएको छ। यो लोकमार्गलाई थप प्रभावकारी रुपमा अघि बढाउन यस क्षेत्रका अगुवा, राजनीतिक दल र नागरिकहरुसँगको छलफले जनतालाई पनि सहज हुने र स्वयम् एमाले पार्टीलाई पनि मध्य पहाडको विकासमा स्थापित हुन सहज हुन्छ।’

राज्यले ठूलो लगानी गरेर निर्माण शुरु गरेको मध्यपहाडि लोकमार्गको विभिन्न खण्डमा राम्रोसँग निर्माण हुन नसकेको उल्लेख गर्नु भएका उहाँले यस क्षेत्रमा सवारी साधनहरुको चाप नहुने भएका कारण राज्यको लागनी अनुसारको प्रतिफल प्राप्त नहुने हो कि भन्ने आशंका व्यक्त गर्नुभयो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रियको नारकाका साथ एमालेले मंसिर १४ गतेदेखि बैतडीको झलाघाटदेखि शुरु भएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय अभियान सुदूरपश्चिम र कर्णाली प्रदेश सकेर आज गण्डकी प्रदेश प्रवेश गरेको छ ।