अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बाहेक अरूले देश बनाउन सक्दैन: अध्यक्ष ओली

एमाले बाहेक अरूले देश बनाउन सक्दैन: अध्यक्ष ओली


गुल्मी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत भएन भने जनताको अपेक्षा पूरा गर्न नसकिने बताउनुभएको छ। 

झुलाघाट-चिवाभन्ज्याङ, समृद्धिको लागि संकल्प यात्राको क्रममा बुधबार गुल्मीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारमा एमाले रहेन भने दुई वर्षमा नै देश कङ्गाल हुने रहेछ भन्ने कुरा पुष्टि भएको बताउनुभयो।

देश बनाउन एमाले नै चाहिने ओलीले प्रष्ट पार्नुभयो । ‘नेकपा एमालेले बाहेक अरूले यो देश बनाउन सक्दैन, एमालेको एकल बहुमत बिना यो सपना साकार हुनेवाला छैन’, ओलीले भन्नुभयो । 

एमालेले जनताको सुझाव लिएर देशको मुहार फेर्ने अभियानमा अगाडि बढ्ने उहाँले बताउनु भयो।

उहाँले एमालेले बाहेक कसैले देश बनाउन नसक्ने दाबी गर्नुभयो। उहाँले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनको लागि पार्टी पङ्क्तिलाई घर घरमा पुग्न आह्वान गर्नुभयो।

उहाँले भन्नुभयो, ‘एमाले भनेको काम गर्ने पार्टी हो। त्यसको उदाहरणहरू प्रतिपक्षमा हुँदा लोकतन्त्रको पक्षमा गरेका आन्दोलनहरू, यसले राष्ट्रियताको पक्षमा गरेका आन्दोलनहरू, विकासको सन्दर्भमा गरेको आन्दोलन देख्नुभएको छ। हामी बनाउँछौँ हाम्रो देश, सम्भव छ। एमालेले नेतृत्व गर्नेछ। त्यसका लागि हामीले मिसन २०८४ सफल पार्नुपर्छ।’

उहाँले सरकारलाई भूकम्प प्रभावितलाई आवासको व्यवस्था मिलाउन माग गर्नुभयो। प्रभावित क्षेत्रको जनजीवन कष्टकर रहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू लगायतका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य सहितका नेताहरू लगायतको सहभागिता रहेको अभियानमा प्रेस चौतारी नेपालको नेतृत्व गरिरहनुभएका प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिनुभयो।