अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेप्रति जनताको विश्वास छ: अध्यक्ष ओली

एमालेप्रति जनताको विश्वास छ: अध्यक्ष ओली


गुल्मी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको विश्वास भएको बताउनुभएको छ।

‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ को सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले देशको कुन ठाउँमा के समस्या छ, जनताको समस्या के छन्, जनताका मागहरू सम्बोधन र विकासको कामका लागि जनताका सुझावहरू सङ्कलन गर्न सङ्कल्प यात्रा तय गरिएको बताउनुभयो। 

भूकम्पपीडितका लागि सरकारको तर्फबाट पर्याप्त काम नभएको भन्दै तत्काल सरकारले भूकम्पपीडितका लागि सही व्यवस्थापन र पुनः निर्माणको काम अविलम्ब गर्नुपर्ने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन एमाले अगाडि बढेको बताउनु भयो। समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमालेले एकल बहुमत आवश्यक रहेको बताउनुभयो।

देशको भविष्य, सुरक्षा, राष्ट्रियता, सुशासन र विकासका लागि एमालेले एकल बहुमत ल्याएमा मिसन २०८४ सफल हुने विश्वास व्यक्त गर्नुभयो । एमाले देश र जनताको काम गर्ने पार्टी भएकाले जनताको सहयोग आवश्यक रहेको बताउनुभयो ।