अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धि संकल्प यात्राको टोली बागलुङ र पर्वतका कार्यक्रम सकेर आज पोखरा आइपुग्ने

समृद्धि संकल्प यात्राको टोली बागलुङ र पर्वतका कार्यक्रम सकेर आज पोखरा आइपुग्ने


पोखरा- समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टिम आज पोखरा आइपुग्दैछ । मध्यपहाडी यात्राको क्रममा रहेको सबैभन्दा ठूलो सहर पोखरा महानगरमा यात्रा टोली आज बास बस्नेछ ।
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गोतमका अनुसार हिजो गुल्मीको आमसभा सकेर टोली बागलुङ को गलकोटमा बसेको छ । आज बिहान गलकोटबाट हिडेर ससदरमुकाम बागलुङ बजारमा खाना खाने र पर्वतको कुश्मा जनसभा र स्थानीय नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आजको यात्रामा टोलीले १ सय २० कलिोमिटर दुरी पार गर्नुपर्ने छ । हिजो करिब १ सय ५० किलोमिटर दुरी पार गरेको थियो ।
मध्यपहाडका सामाजिक आर्थिक,साँस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन,स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीम मंसिर १४ गतेबाट एमालेले मध्यपहाडी राजमार्गको यात्रा सुरु गरेको हो । सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नारा सहित मंसिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुष २ गते पाँचथरको चिवाभञ्जयाङ मा टुंगिनेछ । यात्रा अवधिभर अध्यक्ष ओली सहभागी हुनुहुनेछ । यात्रामा करिब २ सय जनाको केन्द्रीय टोली छ भने अन्य नेता कार्यकर्ताहरु आफ्नो आफ्नो प्रदेशमा सहभागी भइरहेका छन् ।