काठमाडौँ–एसीसी यू–१९ एसिया कपमा आज नेपालले पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।
टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध नेपाली टिम देव खनालको कप्तानीमा मैदान उत्रिनेछ । नेपाली टोलीमा सियिनर टिमका अलराउन्डर गुल्सन झा पनि समावेश छन् ।
आजको खेलपछि नेपालले समूहको दोस्रो खेलमा मंसिर २४ गते आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । आईसीसी एकेडेमी ओभल–२ मा नै हुने यो खेल पनि नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।
यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् ।
समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया