अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा आजबाट बागमती प्रवेश गर्दै

एमालेको मध्यपहाडी यात्रा आजबाट बागमती प्रवेश गर्दै


काठमाडौं- १० दिन देखि जारी रहेको नेकपा एमालेको मध्यपहाडी यात्राले आज मध्यविन्दु पार गर्दैछ । मंसिर १४ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रारत एमालेको टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश प्रवेश गर्दैछ ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हालसम्म सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशको यात्रा सकिएको छ । ‘आजको बास हामी गण्डकी प्रदेशको गोरखामा बसेका थियौं’ गौतमले भन्नुभयो ‘विहानको खाना सल्यानटारमा खाएर हामी धादिङ प्रवेशसँगै बागमती प्रदेशतर्फ लाग्नेछौं । ’
आजको बास नुवाकोटको विदुरमा हुनेछ । नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो । अर्थात कुल १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्वपर्छ भने आधा भाग पश्चितर्फ । ‘यात्राको दशौं दिन हामी मध्यभागमा आइपुग्दैछौं’ गौतमले भन्नुभयो ‘अब नौ दिनमा बाँकी दुरी पार गर्दै यात्रा समापन हुनेछ ।’
आरुघाट,सामरी भञ्ज्याङ,भ¥याङभुरुङ आदि ठाउँमा आजका भेटघाटहरु हुनेछन् । आजको आमसभा नुवाकोटको विदुरमा हुनेछ ।
सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नारा सहित एमालेले मधयपहाडका जनतासँग साक्षात्कार,गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरुसँग छलफल गर्ने ,विकास निर्माण र हाल भइरहेका समस्याहरुको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्धेश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।