काठमाडौं–नेकपा एमालेले नेपालको मध्यपहाडका जनतासँग प्रत्यक्ष संवाद गर्न सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नारा सहित मध्यपहाडको यात्रा जारी राखेका छ । मंसिर १४ गते सुदुरपश्चिम प्रदेशको बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा सुदुरपश्चिम,कर्णाली,लम्बिनी र गण्डकी सकेर आजबाट बागमती प्रदेश प्रवेश गर्दैछ । कुल १ हजार ८ सय ७९ किलो मिटर लामो यो यात्रामा आज नुवाकोटको विदुर पुग्दा १ हजार २ सय २४ किलोमिटर यात्रा पुरा हुनेछ । यो यात्रा पुष १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ ।
एमालेले मध्यपहाडी यात्रामा एमालेका कार्यकर्ता मात्र होइन,अन्य पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुसँग अध्यक्ष केपी शर्मा ओलीले संवाद जारी राख्नु भएको छ । यात्राले मध्यपहाडको राजनीतिलाई भाइब्रेट गरेको धेरैको भनाइ छ । मध्यपहाडी यात्राको प्रभावका विषयमा नेकपा एमाले सुदरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण जैशीसँग यो बेला डटक कमले संक्षिप्त कुराकानी गरेको छ ।
सदुरपश्चिममा एमालेको यात्रा कस्तो भयो ?
एकदमै उल्साहपूर्ण रहयो । झुलाघाटबाट सुरु गरिने जुन यात्रा थियो, समृद्धिका लागि संकल्प यात्रा भन्ने । राष्ट्रिय झण्डाको झण्त्तलोन गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पर्टीको अध्यक्षले झण्त्तलोन गर्नुभयो । उपाध्यक्ष, महासचिव,उपमहासचिव, सचिवहरु पार्टी पधाधिकारी सबै, सुदूरपश्चिमका केन्द्रिय सदस्यहरु , प्रदेशका पदाधिकारी जिल्ला कमिटीका साथिहरु जनप्रतिनिधिहरुको ठुलो उपस्थित थियो । गोठाला पानीमा राम्रो आमसभा भयो र डडेल्धुरा, सिलगढी, साँफे र मंगलसेन यी ठाउँहरुमा सभा सन्देशसभा गर्दै हामीले दैलेखको राकममा कर्णाली प्रदेशलाई हस्तान्तरण गरेर हामी फर्किएका हौं । जनतासँग यस ठाउँका बिशेषता,समस्यका बारेमा सोध्ने, शिक्षक, स्थानीय किसानहरु बाटोमा भेटिएका मान्छेसँग छलफल गर्ने, बुझ्ने उनीहरुका कुरा सुन्ने । दैलेखमा राउटेसँग भेट भयो उनीहरुका कुरा सुनाइ भए । सम्बन्ध स्थानीय तहसँग र सन्देश राष्ट्रिय स्तरको दिने भन्ने उद्देश्य थियो यो यात्राको त्यो काम हुँदै अगाडि बढेको देख्छु । वर्षदिन देखि गाउँबस्तीमा कुनै पार्टीले राजनीतिक गतिबिधी गरेका थिएनन् । एमालेले अहिले जे गरेको छ यसले राजनीतिक भाइब्रेट उत्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेशका मध्यपहाडी यात्रामा जनसहभागीता कस्तो थियो ?
जनसहभागीता धेरै राम्रो रहयो । डडेल्धुरामा कैलाली कञ्चनपुरबाट पनि सहभागी भए । खुडपेमा बझाङबाट सहभागीता थियो । साँफेबगरमा बाजुराबाट सहभागीता थियो । त्यस हिसाबले जनताको उल्लासपूर्ण नेता कार्यकर्ताको पनि राम्रो सहभागीता जनाएर पार्टी जनताबाट टाढिनु हुँदैन, नजिक हुनुपर्छ, जनतासँग दुख सुख बुझ्नु, जनताको घरमा गएर बस्ने, उहाँहरुका कुरा सुन्ने, जे दिएको छ त्यो खाने त्यस्ता अभ्यास पनि हामीले गर्यौं । यसले धेरै राम्रो भयो ।
यात्राका क्रममा जनताले के भने अध्यज्यूले के भन्नुभयो ?
जनताले पार्टीले जनताका कुरा सुन्नुपर्छ, युवाहरुको बेरोजगारीको समस्या समाधान गर्नुपर्छ । हाम्रो देशमा प्रशस्त स्रोतहरु छन् । त्यसको सदुपयोग गर्नुपर्यो । हामीले भन्दा अरुले यसको प्रयोग गर्ने लिने गरेका छन् । जलस्रोतमा विश्वको दोस्रो ठूलो धनी देश हो नेपाल । वन छ तर काठ छैन । वनलाई सम्पतिको रुपमा प्रयोग गर्नुपर्छ । यसलाई उपयोग गर्ने । भारत र तेस्रो देशबाट काठ आइरहेको छ । हाम्रो काठ सडेको छ । कृषिमा नयाँ प्रविधिको प्रयोग गर्नु पर्यो । हाम्रो परम्परागत खेतिले उत्पादन भएन । पहिले खान पुग्ने देश अहिले भारत र तेस्रो देशबाट अन्न ल्याउनु परेको छ । त्यसलाई सुधार गर्नुपर्यो । नयाँ प्रविधि, बिउ, पशुपालनमा राम्रो भएको देश पनि विस्तारै यी सबै उत्पादन घटिरहेका छन् । मासु कुखुरामा आत्मनिर्भर भए पनि अरु निर्यात गर्ने कुरामा पनि थिए । ती घटे कसो गर्दा राम्रो हुन्छ । यस्ता थुप्रै सुझाव दिएका छन् । शिक्षामा सुधार हुनुपर्यो । प्राविधिक शिक्षामा जोड दिनुपर्यो । जनताहरुले मुलुक आत्मनिर्भर हुनुपर्यो भन्ने सुझाव दिए ।
यसले पार्टी र देशलाई के फाइदा हुन्छ ?
पहिलो ुकरा त पुष्पलाल राजमार्ग भनेपछि यो एमालेले स्वामित्व लिने राजमार्ग हो । हाम्रो पार्टीका संस्थपक महासचिव कमरेड पुष्पलालको नामबाट यो राजमार्गको नाम राखिएको हो । दोस्रो यो वर्ष पुष्पलालको ७५ औं स्मृति दिवश पनि हो । त्यसैले आफ्ना प्यारा नेताको स्मृतिमा निर्माण भएको यो राजमार्गको यात्राले एमालेजन यसै उत्साहित छौं । मुर्झाइरहेका पहाडका गाउँबस्तीमा देशको ठूलो पार्टीको अध्यक्ष,पूर्वप्रधानमन्त्री पुग्दा मानिसहरु यसै उत्साहित छन् । एमालेप्रति आकर्षण बढाएका छन् ।
एमालेले यस राजमार्गको यात्रा गरेपछि पुष्पलाल राजमार्गको ब्राण्डिङ भएको छ । यस राजमार्गमा निर्माण सम्पन्न हुन बाँकी रहेका कामहरु चाँडै नै पुरा हुनेछन् ।यस्तै यस राजमार्ग आसपासमा १० वटा नयाँ सहरहरु स्थापना गर्ने बस्ती विकास गर्ने ठाउँलाई व्यवस्थित गर्ने, मानिसले तराई मधेसमै झर्नुपर्ने खालको कारण के हुने त्यसलाई हटाउन सक्ने त्यसमा अस्पताल, विद्यालयहरु, क्याम्पसहरु तीनको गुस्तरको विकास गर्ने । त्यस्तो योजना थियो । तर हामीले के योजना बनाउँदा हाम्रा के कमिले गर्दा यस्ता बसाइसराइ रोक्न सकेका छनौँ । मान्छेको जीवनस्तर उस्केन, विदेश जान थालेका छन् । शिक्षाको स्तर पनि सबै ठाउँमा खस्केको होइन । सबै बाहिर जानुपर्ने कारण के भयो ? यसको खोजी हुन्छ र पार्टीले यसको योजना निर्माण गर्ने, दिर्घकालिन योजना निर्माण गर्ने, मुलुक र समृद्धिका लागि गर्न सकिने योजनाको निर्माण गर्ने र पहाडको ठूलो भाग , यसले उत्पादन गर्न सक्ने ठाउँ छन् । त्यसको पनि योजना निर्माण गर्न सजिलो हुन्छ र पार्टी जनताले भोलिको भविष्यको बारेमा सोच्ने एउटा अवसर हुन्छ ।
यो यात्राले के पहाडको विकास हुन्छ ?
विकासका लागि आधार तयार गर्न, यसको योजना निर्माण गर्न सजिलो हुन्छ जस्तो लाग्छ । पहिलेको २०४६ ०४७ सालमा अर्को जिल्लाबाट हाटमा डोकोमा नुन बोकेर खानुपथ्र्यो । पछिल्लो समयमा सडकहरु नजिक नजिक पुगेको छ । बिजुली प्रत्येक गाउँमा पुगेको छ । सडक निर्माण गर्दा व्यवस्थित हुन सकेन, डोजरको प्रयोग गर्दा पहिरो जाने त्यस्ता समस्या आएका छन् । त्यसलाई व्यवस्थापन गर्ने । पहाडका योजना बनाउन र लगानी वृद्धि गर्न यसले पहाडको विकासका लागि सहयोग पुर्याउछ जस्तो लाग्छ ।







प्रतिक्रिया