अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोटमा राती १० बजे अध्यक्ष ओलीको सम्बोधन : एनसेल बिक्रीमा ठूलो कमिसनको चलखेल

नुवाकोटमा राती १० बजे अध्यक्ष ओलीको सम्बोधन : एनसेल बिक्रीमा ठूलो कमिसनको चलखेल



नुवाकोट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कंगला बनाएर केही मानिसले ढिकुटी भर्ने कमिसनको खेल बन्द गर्न चेतावनी दिनुभएको छ ।
मध्यपहाडी यात्राको क्रममा नुवाकोटमा अहिले राती १० बजे सम्बोधन गर्दै एनसेल विक्री प्रकरणमा ठूलो कमिसनको चलखेल भएको बताउनुभएको छ । सरकारको मिलेमतोमा सुन तस्करी जारी रहेको अध्यक्ष ओलीको भनाइ छ । यात्रामा रहेका कारण आफूले एनसेल विक्रीका सबै डकुमेन्ट अध्ययन गर्न बाँकी रहेपनि सरकारले हस्तान्तरण गर्न ३ वर्ष बाँकी छँदा खर्बौंमा बिक्री हुने एनसेल केही अर्बमा बिक्री हुन अपराध भएको बताउनुभएको छ ।