काठमाडौँ–एसीसी यू–१९ एसिया कपमा आज नेपालले अफगानिस्तानसँग खेल्ने भएको छ ।
खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।
प्रतिक्रिया