अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्ची पुगेर अध्यक्ष ओलीले भन्नुभयो: कथा हालेर पानी काठमाडौँ पुग्दैन

मेलम्ची पुगेर अध्यक्ष ओलीले भन्नुभयो: कथा हालेर पानी काठमाडौँ पुग्दैन


सिन्धुपाल्चोक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेलम्चीको पानी छिटोभन्दा छिटो काठमाडौंमा झार्नुपर्ने बताउनुभएको छ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्ची–१२ बाहुनेपाटीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेको सरकारले सम्पन्न गरेको मेलम्ची–काठमाडौं खानेपानी आयोजना एमालेको सरकार नभएको भए बन्दै नबन्ने दाबी गर्नुभयो । ‘नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्ची आयोजनाको पानी काठमाडौँमा झर्ने नै थिएन’, ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

काठमाडौं पानी झरिसकेपछि बाढीले मुहान बिगार्दा रोकिएको पानीको मुहान सफा गर्ने काम समेत वर्तमान सरकारले गर्न नसकेको भन्दै ओलीले आलोचना गर्नुभयो । ‘हेडलाई सफा गर्नुपर्ने भए पनि सार्नु पर्‍यो नि, सार्नु पर्‍यो भनेर कथा हालेर हुन्छ ?’, ओलीले प्रश्न गर्नुभयो।

ओलीले अहिलेको अवस्था हेरेर निराश नहुन मेलम्ची र सिन्धुपाल्चोकवासीलाई निराश नहुन आग्रह गर्नुभयो। देशमा नेकपा एमाले हुँदासम्म जनतालाई निराश हुन नदिने उहाँले प्रष्ट पार्नुभयो ।

‘यस यात्राको क्रममा अहिलेसम्म लाखौं जनताको सहभागिता, आत्मियता, माया, स्नेह, सम्मान हामीले प्राप्त ग¥यौं। मैले मालाहरू हेरेँ। म यहाँहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। यस ठाउँको विकास, निर्माणको कुरा हामीलाई थाहा छ। मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ। नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन,’ उहाँले भन्नुभयो, ‘हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सार्नुपर्‍यो, यसमा कथा हालेर हुन्छ? सार्न पर्ने हो भने सार्ने। नसार्ने हो भने त्यसलाई तयार पार्ने। मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने। त्यस ढंगले जाने। र, जहाँ पानी पस्ने मुलगेट। त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरूले थाहा पाउनुपर्‍यो।’

अध्यक्ष ओलीले जनतालाई निराश नहुन पनि आग्रह गर्नुभयो। एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो।

‘तपाईहरु निराश हुनुपर्दैन अहिलेको अवस्था हेरेर। यस्ता सरकारहरू आउँछन, जान्छन। गठबन्धनहरू बन्छन, भत्किन्छन। कुनै ठूलो कुरा होइन,’ ओलीले भन्नुभयो, ‘तर हामी हाम्रो देश बिग्रन दिँदैनौं। हाम्रो देश अहिले ओरालो लागेको छ। यसलाई रोक्छौं। र, फेरि सकारात्मक बाटोमा फर्काउँछौं। तपाईंहरू ढुक्क भएर अगाडि बढ्नु भए हुन्छ। किनभने यस देशमा नेकपा एमाले छ। समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको नेकपा एमाले छ। हाँको विकास, निर्माण हामीले बुझेका छौँ।’

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।