अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले कसैले रोक्दा रोकिने पार्टी होइन: अध्यक्ष ओली

नेकपा एमाले कसैले रोक्दा रोकिने पार्टी होइन: अध्यक्ष ओली

एमालेलाई रोक्न खोज्न सूर्यलाई रोक्न खोज्नु जस्तै हाे


काभ्रे-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ। एमालेलाई रोक्न खोज्न सूर्यलाई रोक्न खोज्नु जस्तै भएको ओलीले बताउनुभयो।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अन्तर्गत आइतबार काभ्रेको कुन्ताबेँसीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेसँग एक्लाएक्ला एक्लै लड्ने आँट कोहीसँग नभएको बताउनुभयो। ‘नेकपा एमाले कसैले रोक्दा रोकिने पार्टी होइन, कसैले सिद्धाउन खोज्दा सिद्धिने पार्टी पनि होइन’, उहाँले भन्नुभयो।

ओलीले गठबन्धन सरकार बनेपछि विकासको काम रोकिएको बताउनुभयो । रोकिएको काम नेकपा एमालेले फेरी सुरु गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

एमालेलाई राम्रो काम गरेबापत सरकारबाट हटाइएको बताउँदै ओलीले एमाले सरकारबाट हटेपछि देशमा निराशा र अराजकता बढेको बताउनुभयो । यसको अन्त्य नगर्ने हो भने देश बरबाद हुने उहाँले प्रष्ट पार्नुभयो ।
देशमा, शान्ति, सुव्यवस्था र समृद्धिको आकाङ्क्षा नेकपा एमाले राखेको बताउनुभयो । यसको लागि मिसन २०८४ एमालेले अघि सारेको ओलीले बताउनुभयो । नेकपा एमाले हुँदा हुँदै देशलाई बरबाद हुन दिँदैनौँ भन्ने सङ्कल्पका साथ मिसन २०८४ मा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

देशलाई जोगाउन एउटा मजबुत राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । एमाले राष्ट्रिय शक्ति भए पनि त्यसलाई थप मजबुत बनाउन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।