अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको गाईघाटस्थित एक ग्यारेजमा आगलागी

उदयपुरको गाईघाटस्थित एक ग्यारेजमा आगलागी


उदयपुर-उदयपुरको सदरमुकाम गाईघाटस्थित एक ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको छ।

आइतबार बेलुका करिब साढे ७ बजेको समयमा एक मोटरसाईकल ग्यारेजमा आगलागी भएको हो।

त्रियुगा माविकको पछाडिपट्टी रहेका ग्यारेजमा आगलागी हुँदा लाखौको क्षति भएको अनुमान गरिएकाे छ। आगोलागी हुँदा कतिवटा ग्यारेजमा क्षति पुरायो भन्ने बारे जानकारी आएको छैन।

आगो नियन्त्रण बाहिर छ। आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरिरहेको छ। एक ग्यारेजबाट अन्यमा फनि आगो फैलिने अवस्था आएपछि आगो लागिरहेको बीचको संरचना भत्काएर आगो निभाउने काम भेरहेको छ ।

गाईघाट बजारस्थित डिएमेगेट जाने सडक विद्यालयको पछाडी रहेको ग्यारेजबाट आगो लागेको थियो । त्यस लाइन आसपास सबै ग्यारजे लाइनहरु पर्छ। आगलागीमा दमकल, प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र स्काभेटर प्रयोग भैरहेको छ। थप जानकारी भने आउन बाँकी रहेको छ ।