अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्राको आज १२ औं दिन : पुष्पलालको जिल्ला पुग्दै एमाले नेताहरु

मध्यपहाडी यात्राको आज १२ औं दिन : पुष्पलालको जिल्ला पुग्दै एमाले नेताहरु


काठमाडौं- नेकपा एमालेले जारी राखेका पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित समृद्धि संकल्प यात्रा आज पुष्पलालको जन्मथलो पुथ्दैछ । यात्राको १२ औं दिन आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा आएर बास बस्ने छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार धुलिखेलबाट आजको यात्रा सिधै दोलखातर्फ जाने तयारी छ । दोलखा जाने क्रममा अध्यक्ष केपी शर्मा ओलीले दोलालघाट,खाडीचौर,खरीढुंगा,चरिकोट,किर्ने लगायतका ठाउँहरुमा स्थानीयबासिन्दाहरुसँग भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ । आज बिहानको खाना चरिकोटमा हुनेछ । चरिकोटबाट फर्कदा पुष्पलालको जिल्ला रामेछापको मन्थली आउने कार्यक्रम छ । रामेछापमा अध्यक्ष ओली सहितका नेताहरुले संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धान्जली व्यक्ति गर्नुहुनेछ ।
नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ । सोही अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्म्ृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो । यात्राका क्रममा पुराना कम्यूनिष्ट नेताहरुलाई ठाउँठाउँमा सम्मान पनि गरिएको छ । मध्यपहाडको समृद्धि र विकासका लागि स्थानीयबासीहरुसँग अन्तरक्रिया गरिने यस कार्यक्रम मार्फत पहाडी क्षेत्रको तिव्र बसाँइसराई रोक्न नयाँ नीति ल्याउने एमालेको तयारी छ ।