अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि संकल्प यात्रा: अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा माओवादी नेताकाे स्वागत

समृद्धिका लागि संकल्प यात्रा: अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा माओवादी नेताकाे स्वागत


सिन्धुपाल्चोक-मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्राका क्रममा सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ।

माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सांसद सरल सहयात्री र बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले ओलीसहितको एमाले टोलीलाई स्वागत गर्नुभएको हाे। अध्यक्ष तामाङ गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको हाे ।

गाउँपालिका अध्यक्ष तामाङले खाडिचौरमा आयोजित आमसभास्थलमा पुगेर स्वागतसहित मायाको चिनो दिनु भएको छ । बैतडीको झुलाघाटबाट संकल्प यात्रा थालेको एमालेको टोली आज १२ औं दिनमा सिन्धुपाल्चोक आइपुगेको छ। खाडिचौरमा सभा गरेर आजै रामेछापको मन्थली पुग्ने एमालेको तयारी छ ।