अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे, कमिटीमा अरू को-को ?

एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे, कमिटीमा अरू को-को ?


काठमाडौं-नेपाल एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित हुनुभएको छ।

प्रतिस्पर्धी गणेश दाहाललाई पराजित गरी घिमिरे कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो।  

कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले, उप-सचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने निर्वाचित हुनुभएको छ।

त्यस्तै ४४ सदस्यहरू पनि निर्वाचित भएका छन् । यस्तै खुल्ला महिला आठ जना, समावेशीबाट पाँच जना पनि निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन पार्टीको सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले गर्नुभएको थियो ।