अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अब अलमलिनु हुँदैन: अध्यक्ष ओली

एमाले अब अलमलिनु हुँदैन: अध्यक्ष ओली


सिन्धुपाल्चोक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका नेता-कार्यकर्ताले अब अलमलिनु पर्ने अवस्था नरहेको बताउनुभएको छ।

समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडिचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले विकासको अनेक काम गर्दागर्दै पनि सरकारबाट हटाउने काम भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘विकास निर्माणको कामलाई युद्ध स्तरमा अगाडि बढाएको छौँ, पुन:निर्माणका त्यत्रा काम गरेका छौँ।’

सिन्धुपाल्चोकलाई एमालेले विपत् क्षेत्र घोषणा गरी काम गरेको ओलीले बताउनुभयो। नेकपा एमालेको सरकार नभएको भए मेलम्चीलाई व्यवस्थापन गरी काठमाडौंमा खानेपानी नै नझर्ने उहाँले स्पष्ट पार्नुभयो। ‘सिन्धुपाल्चोक जस्तो सचेत भूमि, सहिदको भूमि, यो ठाउँ अलमलिनु हुँदैन’, ओलीले भन्नुभयो।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।