अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र देउवाले शान्ति प्रक्रिया टुंग्याउन दिएनन्: अध्यक्ष ओली

प्रचण्ड र देउवाले शान्ति प्रक्रिया टुंग्याउन दिएनन्: अध्यक्ष ओली


चरिकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण शान्ति प्रक्रिया नटुंगिएको बताउनु भएको छ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हाे ।

पीडितको न्यायको पक्षमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ भन्ने पक्षमा आफ्नो पार्टी रहेको पनि अध्यक्ष ओलीले बताउनु भयाे ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डजी र सभापति शेरबहादुर देउवाकाले शान्ति प्रक्रिया टुङ्गाउन दिनुभएन।’