अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछापको मन्थली पुग्यो एमालेको टोली,मन्थलीमा आमसभा जारी

रामेछापको मन्थली पुग्यो एमालेको टोली,मन्थलीमा आमसभा जारी



रामेछाप -समृद्धिको लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टोली सोमबार राती कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मथलो रामेछाप आइपुगेको छ ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोली राती नौ बजे मन्थली आइपुग्दा भव्य स्वागत गरिएको छ । दिउँसो देखिनै संकल्प यात्राको टोलीलाई स्वागत गर्न मन्थलीमा भेला भएका स्थानीयवासी राती अबेरसम्म पनि धर्यताका साथ बस्नु भएको थियो ।
टोली आइपुग पुगेपछि सुनुवार, तामाङ लगायतका विभिन्न सांस्कृतिक झाँकी सहित सम्मान गरिएको छ । दिउँसो ४ बजेबाट सुरु गर्ने भनिएको कार्यक्रम राति नौ बजेपछि मात्र सुरु भएको छ ।
कार्यक्रमलाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।


मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।