अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुष्पलालको जिल्लाबाट अध्यक्ष ओलीको भनाइ : जनताको शासन फेरी आउनेछ

पुष्पलालको जिल्लाबाट अध्यक्ष ओलीको भनाइ : जनताको शासन फेरी आउनेछ


रामेछाप- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालले जनताको शासन आउछ भन्ने गरेको कुरा साकार भएको तर फाटोबादीहरुले त्यसलाई कायम राख्न नदिएको बताउनुभएको छ ।
मध्यपहाडी यात्राको क्रममा केहीबेर अघि रामेछापको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्यूनिष्टहरुलाई एक्तावद्ध बनाएर पार्टीलाई दुई तिहाई मत पुर्याए पनि फाटोवादीहरुका कारण यसलाई लामो समय टिकाउन नसकेको बताउनुभयो । उहाँले कम्यूनिष्ट नामधारी तत्वहरुले आफ्नै बहुमतको सरकार ढालेर काँग्रेसको पाउमा परेको बताउनुभयो ।

अध्यक्ष ओलीले युवालाई विदेश जाने क्रम रोकेर स्वदेशमै काममा लगाउनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो । राती सवा १० बजे सम्बोधन सुरु गर्नु भएका अध्यक्ष ओलीले महिलाहरुलाई पनि विदेश जान प्रोत्साहन गर्न नहुने स्वदेश मै सीप पौरख गर्न वातावरण बनाउनु पर्ने बताउनुभएको छ ।