अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश ओरालो लागेर स्टार्ट बन्द भएको गाडी जस्तो भइसक्यो : अध्यक्ष ओली

देश ओरालो लागेर स्टार्ट बन्द भएको गाडी जस्तो भइसक्यो : अध्यक्ष ओली



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले अथाह साथ, समर्थन र उत्साह पाएको बताउनुभएको छ ।
सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले नागरिकले देखाएको उत्साहले एमालेमा देश बनाउने संकल्प थप जागेको बताउनुभयो । ’यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भन्नुभयो ।
देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताउनुभयो । यसको लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको ओलीले बताउनुभयो । यो देश बनाउन पर्छ भन्ने बुझेर नै जनताले एमालेको समृद्धिको लागि संकल्प यात्रामा साथ दिएको ओलीको भनाइ छ ।
देश विदेशका सबै शक्ति एकजुट भएर नेकपा एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको भन्दै ओलीले धन्यवाद दिनुभयो । नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गर्नुभयो । ‘बाघको छाला लगाएका तर स्याल, त्यस्ताले पार्टी सिद्ध्याउन खोज, हामीलाई त पार्टीको साधारण सदस्यबाट नै निकालिदिए’, ओलीले भन्नुभयो ।
एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताउनुभयो । प्रमुख पार्टी हुनको लागि, सरकारमा जानको लागि वा मन्त्री हुनको लागि मात्र नेकपा एमाले नबनेको उहाँले स्पष्ट पार्नुभयो ।
एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक वृद्धिदर ह्वात्तै घटेको ओलीले बताउनुभयो । सरकारले ल्याएको यो बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगर्ने उहाँले प्रष्ट पार्नुभयो । अहिले अर्थतन्त्र ओरालो लागेको र युवा पलायन बढेको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो ।
गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे हुने हुने ओलीले बताउनुभयो । सरकार कर्मचारीलाई तलब खुवाउन समेत ऋण काढ्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
सकरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको ओलीले बताउनुभयो । यस्तो खालको सरकारले देश चलाउँछ रु अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, ओलीले भन्नुभयो ।
अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताउनुभयो । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएको उहाँले स्पष्ट पार्नुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।